धनगढी: सुदूरपश्चिम प्रदेशका सभामुख आलोचित बनेका छन्। सभामुख भीमबहादुर भण्डारी क्वाटरवाला लफडाका कारण कार्यकालको सुरुमै विवादमा तानिएका हुन्।
उनले सभामुखको सरकार निवासको कार्पेट र त्यहाँ रङ्गरोगन नभएको भनेपछि आलोचना खेप्नुपरेको हो। उनले कार्पेट पूरानो भएको भन्दै निवासमा बस्न नमानेको पनि बताइन्छ। तर, उनले भने त्यो कुरा अस्वीकार गरेका छन्। उनले केही दिनमा क्वाटरमा सर्ने दाबी गरे।
यता प्रदेशसभा सचिवालय स्रोतले भने सभामुख र उपसभामुखले सरकारी आवासमा कार्पेट र रङ्गरोगनको माग गर्दै बस्न नमानेको जनाएको छ। सचिवालयले बजेट व्यवस्थापन गरेर क्वाटरहरु सजाएर बस्ने वातावरण मिलाउने पनि जनाएको छ
Facebook Comments Box