धनगढी- धारचुलामा बिहेमा हुने फजुल खर्च र परम्परागत सोचमाथि अंकुश लगाइएको छ। त्यहाँको रं नामक समितिले विवाहमा फजुल खर्च नगर्ने नियम लगाएको हो। उक्त नियमानुसार बिहेको सगुनस्वरुप एक रुपैयाँको चकलेट दिने र बिहेमा डिजे तथा माइकहरु बजाउन पाइने छैन।
यदी त्यस्तो गरेमा ५५ हजार (भारु) जरिमाना गरिने बताइएको छ। भारतमा बिहेमा बढ्दो दाइजो प्रथाको प्रचलन रहेको भन्ने मान्यता रहेका बेला धारचुला भने यस्तो नियम लगाइएको हो। यस्तै यो नियमले समाजलाई ऐना देखाएको त्यहाँका विधायक हरिश धामीले महेन्द्रनगरपोस्टलाई जानकारी दिए। यो नियमको स्वागत गर्दै उनले समाजलाई प्रेरणा दिने काम् सदैब गर्न सुझावसमेत दिए। त्यहाँका स्थानीय तथा राष्ट्रिय समाचार संस्थाहरुले पनि यो कुरालाई सकारात्मक रुपमा लिएका छन्।
हाम्रो नेपाली समाज र विशेषगरी मधेशी समुदायमा अझै पनि बिहेमा दाइजो र फजुल खर्च गर्ने प्रवृती देखिन्छ। त्यसको न्यूनीकरणका लागि पनि यो नियम र धारचुला उदाहरण बन्ने देखिन्छ।