काठमाडौं – झुलाघाटमा अचेत अवस्थामा भेटिएका बैतडीका एक युवकको मृत्यु भएको छ।
आज दिउँसो १ बजे झुलाघाटको बसपार्कमा अचेत अवस्थामा भेटिएका दशरथचन्द नगरपालिका ४ जर्कका ३३ वर्षीय भरत चन्दको उपचारको क्रममा जिला अस्पतालमा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार चन्दलाई जिल्ला अस्पताल ल्याइएकोमा २ बजेको समयमा मृत्यु भएको थियो। मृतक चन्द रोजगारीको सिलसिलामा भारतमा थिए। आज घर फर्किने क्रममा यो घटना घटेको बताइएको छ।
Facebook Comments Box