बाजुरा – बाजुराको गौमुल गाउँपालिका–२ मल्दुगुनमा भीरबाट लडेर आज एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिका–२ मल्दुगुनका स्थानीय ४५ वर्षीय रामबहादुर बोहरा रहेका छन्।
गाउँ नजिकैको हन्यामाटा वनमा बाख्रा चराउन गएका बेला लडेर घटनास्थलमै मृत्यु भएको आफन्त शुक्रराज बोहराले जानकारी दिए। उनले बिहान बाख्रा लिएर चराउन गएका बोहरा बेलुकी घर नफर्किएपछि खोजी गर्दा लडेर मृत्यु भएको अवस्थामा फेला पारेको बताए। मृतकका दुई छोरा, एक छोरी र श्रीमती छन्।
Facebook Comments Box