धनगढीः दार्चुलाका विभिन्न स्थानहरुमा अहिले पनि सडक विस्तार भएका छैनन्। जिल्लास्थित मालिकार्जुन गाउँपालिका–२ न्वालपानीको हालत पनि यस्तै छ। त्यहाँको एउटा कहालिलाग्दो दृश्य अहिले चर्चामा छ। दृश्य हो, एक सुत्केरीलाई व्यथाले च्यापेपछि खाटको डोरीमा बोकेर स्वास्थ्य चौकी लैजान लागेको।
स्थानीयका अनुसार ती महिलालाई बिहीबार राति व्यथा लागेको थियो। त्यसपछि गाउँमा बिरामी बोक्ने स्ट्रेचर नहुँदा खाटको डोरीमा बोकेर अस्पताल लगेको बताइएको छ।
यति मात्र होइन, गाउँमा बाटोसमेत राम्रो नभएको र विरामी अस्पताल पु¥याउन समस्या हुने गरेको स्थानीलयको गुनासो छ। न्वालापानीमा कम्तीमा ७५ परिवारको बस्ती छ। उक्त बस्तीमा एउटा पनि स्ट्रेचर नहुँदा समस्या हुने गरेको छ।
उसो त संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुले हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार गर्ने गरेका छन्। तर, त्यो पनि पहुँचवालाले मात्रै उपभोग गर्न पाउने गरेको र सर्वसाधारणलाई भने समस्या रहेको स्थानीयको भनाइ छ।