धनगढी – भारतस्थित उत्तराखण्डको वनबासा थाना भारतकै तीन उत्कृष्ट थानामध्ये एक बनेको छ।
भारतीय गृहमन्त्रीले उत्कृष्ट वनबासासहित तीन थानालाई सम्मानित पनि गरेका छन्।
आज नयाँ दिल्लीमा एक कार्यक्रमकाबिच भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले वनबासाका
थानाध्यक्ष लक्ष्मणसिंह जगवाडलाई सम्मानपत्र प्रदान गरेका थिए।
वनबासामा प्रहरीले लगातार उत्कृष्ट काम गरिरहेको छ। सोही कारण थानालाई सम्मानित गरिएको हो।
पुरस्कृत भएकोमा विजेपीका मण्डल अध्यक्ष जीवन धामी, पूर्व जिल्ला पंचायत सदस्य रामसिंह जेठी, भाजपा नेता भवानी भंडारी कमलेस भट्ट, ललित जोशी, अमित पांडे लगायतले बधाई दिएका छन्। यस्तै सम्मान प्राप्त गरेपछि थानालाई विभिन्न संघ-संस्था तथा स्थानीय नागरिकले बधाई दिए।
Facebook Comments Box