काठमाडाैं – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेका ‘फरार’ सांसद लक्ष्मी महतो कोइरीलाई चाँडै पक्राउ गर्ने बताएका छन्। मधेस आन्दोलनका क्रममा प्रहरी सई थमन थापाको हत्या अभियोगमा मधेश आन्दोलनका क्रममा प्रहरीको हत्यामा संगल्न भएको आरोप लगेका सांसद कोइरी महोत्तरीबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।
फरार भनिए पनि संसद आउजाउ गरिरहेका उनलाई प्रहरीले किन पक्राउ नगरेको भन्दै गृह मन्त्रालयको चौतर्फी आलोचना भइरहेको छ। आज उपसभामुखको निर्वाचनपछि संसदबाट बाहिरने क्रममा पत्रकारहरूले गृहमन्त्री लामिछानेलाई यसबारे प्रश्न गरेका थिए।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले यसमा छिट्टै रिजल्ट आउने बताएका छन्। सत्तारुढ दलको सांसदलाई कसरी पक्राउ गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘पक्रिएको दिन अन्तर्वार्ता दिन आउँला ।’
उनलाई पक्राउ गर्नुपर्ने आवाज संसदमा आज पनि उठेको थियो। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीको मौखिक निर्देशन प्रहरीले नमानेकाले गृह मन्त्रालयले विज्ञप्ति निकाल्नुपरेको हो भन्दै प्रश्न गरेका थिए । आज पनि संसदमा प्रश्न उठेपछि गृहमन्त्री लामिछानेले पक्राउ गरी कानुनी कारबाही अघि बढाउन निर्देशन दिएका थिए । तर उनको निर्देशनले भने कुनै काम गरेको छैन।
यसबारे प्रश्न उठेपछि गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै गृहमन्त्रीले मौलक रुपमा दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै कोइरीलाई पक्राउ गरी कानुनी कारबाही गर्न लिखित निर्देशन दिएको बताएको थियो ।
शनिबार संसद बैठकमा पनि कांग्रेस सांसद रामहरि खतिवडाले गृहमन्त्रीको मौखिक निर्देशन प्रहरीले नमानेकाले गृह मन्त्रालयले विज्ञप्ति निकाल्नुपरेको हो भन्दै प्रश्न गरेका थिए ।