जनकपुरधाम : महोत्तरीमा २ वर्षअगाडि झा दम्पतीको हत्यामा मतियार रहेका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। फरार रहेका पिपरा गाउँपालिका वडा नम्बर ५ का ७२ वर्षीय तेजनारायण झालाई घटनाको २ वर्षपछि नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका नायव उपरीक्षक संतोषकुमार पोखरेलले जानकारी दिए।
पोखरेलका अनुसार पक्राउ परेका झाले हत्यामा मतियारको भूमिका निर्वाह गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। २०७७ साल फागुन १० गते राति महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी झा छुट्टाछुट्टै ओछ्यानबाट ओछ्यानसहितै बेपत्ता भएका थिए।
बेपआा भएको एक महिनापछि चैत १२ गते पिपरा २ अतरार जाने बाटोमा बोरामा शरीरलाई टुक्रा पारी गाडिएको अवस्थामा झा दम्पतीको शव फेला परेका थियो।
यसअघि प्रहरीले हत्यामा संलग्न ७ जनालाई नियन्त्रणमा लिएकोमा ३ जना कारागारमा छन् भने ४ जना धरौटीमा रिहा भएका थिए।