काठमाडौँ – जनमत पार्टीले मधेश प्रदेशमा सहकार्यलगायतका विषयमा जनता समाजवादी पार्टी नेपालसँग छलफल गरेको छ । पार्टीका उपाध्यक्ष वसन्त कुशवाहा र महासचिव चन्दन सिंहलगायतका नेताहरुले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका हुन् । बालकुमारीस्थित पार्टी कार्यालयमा भएको भेटघाटमा मधेश सरकार गठनमा मन्त्रालयको बाँडफाँट र मधेशमा छुट्टै गठबन्धन बनाउने विषयमा छलफल भएको बतइएको छ ।
मधेश प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने भनि जसपा र जनमतबीच सहमति भएको छ । जसपाले सुरुको चरणमा मुख्यमन्त्री बनाएको छ । मन्त्रिपरिषद् विस्तार हुन बाँकी छ । मन्त्रालय बाँडफाँटको विषयमा पनि छलफल भएको बताइएको छ । त्यस्तै, मधेशमा रहेका दलहरुको बीचमा एउटा छुट्टै गठबन्धन बनाउने विषयमा छलफल भएको स्रोतको दावी छ ।
Facebook Comments Box