धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले सोनाम ल्होसार पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्। तामाङ समुदायको महत्वपूर्ण चाड सोनाम ल्होसारको अवसरमा आइतबार शुभकामना व्यक्त गर्दै रावलले नेपाली समाज धार्मिक, सांस्कृतिक, भौगोलिक विविधतामा सहिष्णुता र बन्धुत्वको एकतामा अन्र्तघुलित रहेको जनाएका छन्।
बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक चाडपर्वहरुले नयाँ उमंग र उत्साहका साथ एकआपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरेका छन्।
‘तामाङ जातिमा नयाँ वर्षको आरम्भको खुशियाली स्वरुप मनाइने सोनाम ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको छ, यस पर्वले हाम्रो धर्म, संस्कृति, रीतिरिवाज तथा परम्पराको सम्वर्धन गर्न महत्वपूर्ण योगदान पु(याइरहने विश्वास लिएका छु,’ शुभकामना मन्तव्यमा भनिएको छ, ‘मुलुकमा मनाइने यस्ता चाडपर्वहरुको संरक्षण गर्नु हामी सबैको दायित्व हो।’