जुम्ला – आर्थिक वर्ष २०७९–८० मा जुम्लाबाट ७६ टन जडीबुटी निर्यात भएको छ । डिभिजन वन कार्यालय जुम्लाका अनुसार उक्त निर्यात दुई वर्ष यताकै दोब्बरले कम हो ।
आर्थिक वर्ष २०७७–७८ मा २ सय २ टन र आर्थिक वर्ष २०७८–८९ मा भने २ सय १ टन जडीबुटी निर्यात भएको कार्यालयका सूचना अधिकारी खड्कबहादुर महतले बताए।
कार्यालयका अनुसार चालु आर्थिक वर्षमा ७६ टन जडीबुटी निर्यात हुँदा १५ लाख ११ हजार ९७५ रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
Facebook Comments Box