धनगढीः कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले खोलेको खर काट्न गएकी ५० वर्षीया ललु सार्कीलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।
आरक्ष विस्थापित शिविरको ढक्का स्थित बेलडाँडी टोल बस्ने महिलाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिए।
घाइतेको बेलौरी स्थित ईशान मेमोरियल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको छ। उनको अवस्था गम्भीर रहेको जनाइएको छ।
Facebook Comments Box