धनगढीः नेपाल यातायात स्वतन्त्र मजदूर संगठन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पुनः ललित चन्द चयन भएका छन्। बुधबार सम्पन्न संगठनको दोश्रो प्रदेश अधिवेशनबाट अध्यक्षमा चन्द दोहोरिएका हुन्।
संगठनको उपाध्यक्षमा मोहन सिहं सावद, उपाध्यक्षमा बिष्णु दत्त जोशी, सचिवमा राम सिहं महरा, सह सचिवमा दुर्गा रावल, देवी सिहं साउँद, कोषाध्यक्षमा बामदेव अवस्थी चयन भएका छन्।
सदस्यहरुमा नवराज जैशी, शंकर वली, भुवनेश्वर चौधरी, भानुदेव पनेरु, लाल बहादूर महरा, मिरा भट्ट, जय बहादूर बिष्ट र निर्मला बिष्ट चयन भएका छन्। यस्तै सल्लाहकारमा प्रमुख भोजबहादुर शाही र सदस्य अर्जुन स्वार चयन भएका छन्।
दोश्रो अधिवेशनबाट अध्यक्षसहित प्रदेश कमिटि सर्वसम्मत चयन भएको अध्यक्ष ललित चन्दले बताए। उनले अध्यक्षमा सर्वसम्मत चयन गर्नुहुने सबैलाई धन्यवाद दिएका छन् । आफ्नो अघिल्लो कार्यकालमा शुरु गरेका थुप्रो योजनाहरु अधुरो रहेको र तिनलाई पुरा गर्ने उनले बताएका छन्।
साथै यातायात मजदूरका धेरै समस्या रहेका कारण ति समस्या सम्बोधनका लागी सम्बन्धित निकायलाई घचघच्याउने चन्दले बताए। आजै एक कार्यक्रमका बिच संगठनको दोश्रो अधिवेशन संगठनका केन्द्रिय अध्यक्ष भिम ज्वाला राइले उद्घाटन गरेका थिए।