धनगढीः मंगलबार गएको भूकम्पमा परेर ज्यान गुमाएकी बाजुराको गौमुल गाउँपालिका–२ की जमुना रोकायाको परिवारलाई किरिया खर्च बापत २५ हजार सहयोग गरिएको छ।
जिल्ला प्रशासन कार्यालयको टोलीले बुधबार मृतकका परिवारलाई भेटेर किरिया खर्च वापत तत्काल २५ हजार प्रदान गरिएको हो। बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले तत्काललाई किरिया खर्च स्वरुप उक्त रकम हस्तान्तरण गरिएको जानकारी दिए।
मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो। स्थानीय जंगलमा घाँस काट्न गएकी रोकायाको भूकम्पकै कारण खसेको ढुंगा लागेर मृत्यु भएको थियो।
Facebook Comments Box