नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतले दिएको आदेशलाई स्वभाविक रुपमा लिनु पर्ने बताएका छन् ।
कानुनअनुसार जोकोही माथि मुद्दा चल्न सक्ने भएकाले यसलाई आश्चर्यका रुपमा लिन नहुने उनले बताएका हुन् ।
शनिबार पार्टी कार्यालय च्यासलमा सन्चारकर्मीहरुसँग कुराकानी गर्दै नेम्वाङले लामिछाने अब उपनिर्वाचनमा लड्न सक्ने पनि बताएका छन् ।नागरिकता लिएर लामिछानेले उपनिर्वाचनमा फेरि उम्मेदवार बन्न सक्ने भएकाले यसलाई सामान्य रुपमा लिनु पर्ने उनले बताएका हुन् ।
Facebook Comments Box