धनगढीः कैलालीबाट लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। कैलालीको चुरे गाउँपालिका वडा नम्बर ५ खानीडाडा बस्दै आएका २४ वर्षीय जयबहादुर धानुक पक्राउ परेका हुन्।
अस्थायी प्रहरी पोष्ट खानीडाडा कैलालीले धानुकलाई पक्राउ परेको हो। लागुऔषध चरेस मुद्दामा जिल्ला अदालत बझाङ्गको २०७६ मंसिर १८ गतेको फैसला आदेशअनुसार ८ महिना २९ दिन कैद र पाँच हजार जरिवाना तोकिएका धानुक फरार थिए।
बझाङ्ग जिल्लाको साविक दहबगर गाविस वडा नम्बर ३ स्थायी घर भई हाल चुरे गाउपालीका–५ खानीडाडा बस्दै आएका धानुकलाई शुक्रबार पक्राउ गरिएको हो।
Facebook Comments Box