धनगढी: राष्ट्रिय युवा संघ नेपालका नेता प्रकाश खड्कामाथि प्रहरीले दुव्र्यवहार गरेको आरोप लागेको छ ।
राष्ट्रिय युवा संघ सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य तथा एमाले कैलालीका जिल्ला कमिटि सदस्य प्रकाश खड्कामाथि ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) हेमबहादुर शाहीले दुव्र्यवहार गरेको आरोप लागेको हो ।
खड्कामाथि १५ माघ गते टीकापुरमा सञ्चालित महोत्सव अगाडि दुव्र्यवहार गर्ने डीएसपी शाही र उनका अंगरक्षकलाई कारवाहीको माग गरिएको छ । राष्ट्रिय युवा संघ सुदूरपश्चिमका संयोजक विनय शाहले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै खड्कामाथि प्रहरीले गरेको दुव्र्यवहारप्रती गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
शाहले जनताको जिउधनको सुरक्षामा खटिने राष्ट्र सेवकबाट सार्वजनिक स्थानमा व्यक्तिगत पूर्वाग्रह राखेर मानमर्दन गर्ने दुस्साहस गरिएको भन्दै निन्दा समेत गरेका छन् भने बिना कारण सार्वजनिक ठाउँमा खड्को चरित्र हत्या गर्ने डीएसपी शाही र उनका अंगरक्षकलाई कारवाहीको माग पनि गरेका छन् ।