धनगढीः अखिल क्रान्तिकारीले सुदूरपश्चिम प्रदेशमा संगठन निर्माण तथा सुदृढिकरण अभियान चलाउने भएको छ। नेकपा माओवादी केन्द्र निकट क्रान्तिकारीको तेस्रो प्रदेश बैठकले स्ववियु निर्वाचनलाई लक्षित गर्दै प्रदेशमा संगठन निर्माण र सुदृढिकरण अभियान चलाउने निर्णय गरेको हो।
९ वटै जिल्लामा बैठक तथा प्रशिक्षण चलाउने, सुदुरपश्चिम विश्वविद्यालयलाई तत्काल स्ववियु निर्वाचनको मिति तय गर्न अनुरोध गर्ने निर्णय समेत गरेको अखिल क्रान्तिकारीका प्रदेशका प्रमुख सचिव डम्बर भट्टराईले जानकारी दिए।
पूर्ण बैठकमा माओवादी केन्द्र सुदूरपश्चिमका अध्यक्ष हरीराम चौधरीले आन्तरिक एकतालाई मजबुत बनाउदै स्ववियु निर्वाचनमा केन्द्रीत हुने निर्देशन समेत दिएको भट्टराईले बताए। क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष मिलन एमसीको प्रमुख आथित्यतामा बसेको प्रदेश कमिटिको बैठकमा पार्टीका प्रदेश अध्यक्ष चौधरीसहितका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो।