दार्चुलाः जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ। चालीस कैदीबन्दीको क्षमता रहेको कारागार हाल ६४ कैदीबन्दी राखिएको छ।
क्षमताबन्दा बढी कैदीबन्दी राखिँदा उनीहरुलाई बस्न समस्या भएको जिल्ला कारागारका जेलर रामराज पन्तले बताए। उनका अनुसार २५ पुरुष र १५ महिला कैदीबन्दी राख्न उक्त कारागार बनाइएको हो। “पच्चीस पुरुष कैदीबन्दी राख्ने ठाउँमा ६१ जना राख्नुपरेको छ”, उनले भने। यस्तै १५ महिला कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल तीन जनामात्रै छन्।
Facebook Comments Box