काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेका छन्। ऊर्जा जलस्राेत तथा सिँचाइ मन्त्रालयमा बुधबार भएको भेटमा उनीहरूबीच आपसी सहयोग र चासोका विविध विषयमा छलफल भएको थियो।
भेटका क्रममा उपप्रधानमन्त्री लिङ्देनले ऊर्जाकाे विकास, प्रशारण र व्यापार आफ्नो प्राथमिकता रहेको बताए। उनले नेपालको आर्थिक तथा सामाजिक विकासमा अमेरीकोको महत्त्वपूर्ण योगदान रहेको चर्चा गरे। विगत लामोदेखि अमेरिकाले नेपालको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै राजदूत थम्पसनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धतासमेत जनाए।
Facebook Comments Box