धनगढीः चलचित्रमा देखिने नायक नायिका तथा उनीको अभियनभन्दा बढी सुन्दर हुन्छन् केही दृश्यहरु। कलाकारलाई सबै दर्शक स्रोताले चिन्ने गरेको भएपनि फिल्म खिच्ने व्यक्तिहरु भने पर्दा पछाडि हुन्छन्। त्यस्तै नेपाली चलचित्र इन्डसस्ट्रिमा सुन्दर दृश्य खेचेर आफ्नो कौसल देखाउन सफल भएका छन्, सुदूरपश्चिम कैलालीका राजेन्द्र सापकोटा।
कैलालीको मसुरियामा जन्मिएका सापकोटाले अहिले राष्ट्रिय स्तरका फिल्महरु खिच्ने गरेका छन्। एसएसलीसम्मको अध्ययन कैलालीको गौरीगंगा नगरपालिकाको मसुरियामा गरेका सापकोटा त्यसपछि काठमाडौं आएका थिए। सानैदेखि फिल्म क्षेत्रमा काम गर्ने सोच भएका उनी काठमाडौं र्आपछि फिल्म मेकिङ पढ्न थाले। उक्त विषयमा स्नातक गरेका राजेन्द्र त्यसपछि चलचित्रतर्फ लागे। नेपाली दर्शकले औधि मन पराएका फिल्म खिच्ने अवसर पनि उनले पाएका छन्। उनले छायांकन गरेका चलचित्रले अन्तर्राष्ट्रिय अवार्ड पनि पाएका छन्।
हालै उनले छायांकन गरेको चलचित्र सार्वजनिक हुने तयारीमा छ। अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘छड्के–२’ लाई सापकोटाले छायांकन गरेका हुन्। यसको टिजर पनि सार्वजनिक भएको छ। टिजर अनुसार अनुमोललाई ‘ग्याङ लिडर’ को रुपमा प्रस्तुत गरेको अनुमान गर्न सकिन्छ। निगम श्रेष्ठको लेखन तथा निर्देशनमा रहेको फिल्ममा अनमोलका साथै रोविन तामाङ, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। काभ्रे फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रमा मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलको सहकार्य रहेको छ। प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता रहेको चलचित्रलाई छायांकन गरेका छन्, सुदूरपश्चिम कैलालीका राजेन्द्रले। यो चलचित्र फागुन १९ गते रिलिज हुन लागेको छ।
युवा पुस्तामा बढी रुचाइएका अनमोल केसीले अभिनय गरेको चलचित्र ‘छड्के–२’ राजेन्द्रले खिचेका हुन्। कला क्षेत्रमा दिग्गज मानिएका व्यक्तिहरुलाई पर्दामा देखाउने काम गर्ने राजेन्द्र आगामी दिनमा पनि यसै क्षेत्रमा सक्रिय हुने बताउँछन्। कैलालीबाट उदाएका राजेन्द्रले सुदूरपश्चिमका दृश्यहरु खिच्ने योजना बनाएका छन्। त्यस क्षेत्रमा रहेका विभिन्न स्थानलाई राष्ट्रिय÷अन्तर्रारष्ट्रिय स्तरमा चिनाउने उनको योजना छ। योसँगै सुदूरपश्चिमको आर्थिक विकासमा टेवा पुग्ने विश्वास राजेन्द्रको छ।