काठमाडौँ- संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् । राष्ट्रियसभा उपाध्यक्षका लागि सत्ता गठबन्धनबाट अर्यालको मात्रै उम्मेदवारी परेको थियो ।
माओवादी केन्द्रकी स्थायी समिति सदस्य उनलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्विरोध निर्वाचित भएको घोषणा गरे । माओवादी केन्द्रकी स्थायी समिति सदस्य उनलाई नेपाली कांग्रेसले पनि साथ दिँदै उम्मेदवारी नदिएपछि निर्विरोध निर्वाचित हुने बाटो खुलेको थियो । उनलाई राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित गराइयोस् भन्ने प्रस्ताव उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए ।
उक्त प्रस्तावमा नेकपा एमालेका देवेन्द्र दाहाल र अर्का सांसद खिमलाल देवकोटाले समर्थन गरेका थिए । राष्ट्रिय सभा अध्यक्ष गणेप्रसाद तिमल्सिनाले उर्मिला अर्याललाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि सर्वसम्मत विजयी भएकी हुन् । एमालेको उपेक्षामा परेर माओवादी बनेकी अर्याल राष्ट्रियसभा उपाध्यक्ष तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्याकाल सकिएपछि एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो ।
राष्ट्रियसभामा एमालेका १६, माओवादी केन्द्रको १५ सांसद छन्। यस्तै, नेपाली कांग्रेसका १०, नेकपा (एकीकृत समाजवादी) का आठ, जनता समाजवादी पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन्।