सुदूरपश्चिमका मन्त्रालय एक महिनासम्म मन्त्री बिहीन
धनगढी । सुदूरपश्चिम प्रदेशमा मन्त्रीपरिषद विस्तार नहुँदा एक महिना देखि विषयगत मन्त्रालय मन्त्री बिहीन बनेका छन् । मन्त्री नहुँदा नीति तथा योजना कार्यान्वयन र नीतिगत निर्णय गर्न समस्या हुन थालेको छ ।
मन्त्रालयका नियमित काम त भइरहेका छन्,’ आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कमलराज ढकालले भने, ‘तर केही नीतिगत काममा असहजता भइरहेको छ ।’
विषयत मन्त्री नियुक्त नभएसम्म सवै मन्त्रालयको जिम्मेवारी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले लगेका छन् । तर मुख्यमन्त्री आफै विश्वासको मतका लागि दौडधुपमा हुँदा मन्त्रालयलाई ध्यान दिन सकेका छैनन् । जस्का कारण सुदूरपश्चिम प्रदेशका ६ वटै मन्त्रालयमा कामले तिब्रता पाउन नसकेको कर्मचारी बताउँछन् ।
‘पुस, माघमा मन्त्रालयका योजना तिब्र रुपमा कार्यान्वयन हुनुपर्ने हो,’ भुमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयका कर्मचारीले भने, ‘तर यस बर्ष अहिले सम्म कामको प्रगति न्यून मात्रै छ, मन्त्री भएको भए नीतिगत समस्या समाधान संगै योजना कार्यान्वयनका लागि पनि अलि दवाव आउँथ्यो होला, मन्त्री नहुँदा निर्णय गर्ने अधिकार पनि छैन, काम पनि सुस्त छ ।’
भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.मदनसिंह धामीले भने नीति पहिले नै बनिसकेका हुँदा अहिले मन्त्रीको अभाव महशुस नभएको बताए । ‘केही परेमा मुख्यमन्त्री ज्यूले मन्त्रालयको समस्या समाधान गर्नुहुन्छ,’ सचिव धामीले भने, ‘अन्य काम जिल्ला तहमा गइसकेका छन्, कार्यान्वयन भइरहेका छन् ।’
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले एक, दुई वटा विधेयक निर्माण गरेको भएपनि ती विधेयक सदनमा लैजान भने मन्त्रीनै कुर्नुपर्ने सचिव धामीले बताए ।
सामाजिक विकास मन्त्रालयमा मन्त्री संगै सचिवको स्थान पनि रिक्त रहेको छ । मन्त्रालयका सचिव दिपक लामिछाने सरुवा भएर गएपछि मन्त्रालयलाई खर्च गर्ने अधिकार समेत छैन ।
मन्त्रालयमा सचिव पनि छैनन, मन्त्री नभएको एक महिना भइसक्यो,’ सामाजिक विकास मन्त्रालयका प्रबक्ता नरेन्द्रसिंह कार्कीले भने, जसका कारण कुनै काम गर्न पाइएको छैन ।’ मन्त्री भन्दा पनि सचिवको सरुवाका कारण झनै समस्या भएको उनले बताए । मन्त्री नहुँदा पनि समस्या त भइरहेको थियो,’ उनले भने तर मन्त्रालयका नियमित काम सचिव हुँदा पनि गर्न सकिन्थ्यो, अहिले नियमित काम पनि गर्न नसकिने अवस्था आएको छ ।’ मन्त्रालयमा सचिव आउने कुनै टुङ्गो समेत नलागेको प्रबक्ता कार्कीले बताए ।
नागरिक भन्छन्, ‘सिफारिषका लागि पनि मन्त्री छैन भन्छन्’ सुदूरपश्चिम प्रदेशका विषयगत मन्त्रालयमा मन्त्री नहुदा आम नागरिकले भने समस्या खेप्नु परेको गुनासो गरेका छन् ।
‘सामान्य सिफारिषका लागि पनि मन्त्री छैनन् अहिले निर्णय हुन सक्दैन भन्दै कर्मचारीले फर्काउने गरेका छन्,’ धनगढी–५ का रमेश साउँदले भने, ‘योजना पाउनका लागि पनि मन्त्रीनै चाहिन्छ भनेर कर्मचारी पञ्छिने गरेका छन् ।’
धनगढी–१ का रमेश विकले योजनाका लागि मन्त्रालय जाँदा मन्त्रीनै छैनन्, अहिले कुनै योजना बाँडफाड हुनैनन् भन्ने गरेको बताए । ‘कृषि यन्त्रका लागि कृषि सामग्री मागका लागि भुमि व्यवस्था, कृषि तथा शहकारी मन्त्रालयमा गएको थिए,’ उनले भने, ‘अहिले मन्त्री नहुदा केही काम भएको छैन भनेर फर्काए ।’ उनीहरु जस्तै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाबाट पनि मन्त्रालयमा कामका लागि धाउने गरेका भएपनि मन्त्री नहुदा समस्या भएको गुनासो गरिरहेका छन । बाजुरा खप्तड छेडेदह गाउँपालिकाका रमेश रोकायाले भने–‘सामाजिक विकास मन्त्रालयमा एउटा कामका लागि दुई पटक आईसके मन्त्री नहुँदा खाली खचर्् मात्र भईरहेको छ, काम भएको छैन ।’