काठमाडौँ- सातामा कारोबार हुने अन्तिम दिन बिहीबार सेयर बजार उकालो लागेको छ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक १२.४३ अंकले वृद्धि भएर २१८२.६१ विन्दुमा पुगेको छ ।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४२ अंकले वृद्धि भई ४१५.४२ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २५७ कम्पनीको ५६ लाख ४८ हजार २१२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ६ करोड २० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
Facebook Comments Box