काठमाडौं – नेकपा एमालेले बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले चार नेताको जिम्मेवारी हेरफेर गरेको छ ।
बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले रिक्त रहेका चार स्थानमा चार नेतालाई नयाँ जिम्मेवारी तोकेको हो ।
जसअनुसार पूर्वसांसद तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई प्रदेश १ को इन्चार्ज चयन गरेको छ भने अर्थ तथा योजना आयोगको प्रमुखमा स्थायी कमिटी विन्दा पाण्डेलाई चयन भएकी छिन ।
यसगरी अपांगता विभाग प्रमुखको इन्चार्जमा पोलिटब्युरो सदस्य पार्वत गुरुङ र मधेस प्रमुखमा रामचन्द्र मण्डललाइ जिम्मेवारी तोकिएको प्रदिप ज्ञवालीले जानकारी दिए ।
Facebook Comments Box