धनगढी – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि युवाको समुहबीच झडप भएको छ।
आज बिहीवार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का १८ वर्षीय सन्दिप शाही, सागर पार्की, रोशन रावल र सुरेश बोहराको समूहबीच झडप भएको हो।
मुख्यमन्त्री कार्यालय अगाडि युवाहरुबीचमा आपसमा झडप हुँदा शाहीले खुकुरी निकालेको र झडप भएको प्रहरीले जनाएको छ। झडपमा उनीहरु घाइते भएको बताइएको छ। उनीहरुलाई लडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो।
अहिले घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरिक्षक देवेन्द्रबहादुर पालले बताए।
Facebook Comments Box