काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा केहिवेरअघि सुरु भएको हो।
हिजो बस्ने भनिएको बैठक आजसम्मका लागि स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र ओली मात्रै हिजो छलफलमा जुटेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको, सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेकोजस्ता बदलिएको राजनीतिक परिस्थितिकाबीच उच्चस्तरीय राजनीतिक संयन्त्र बैठकमा छलफल हुन लागेको हो।
Facebook Comments Box