काठमाडौं — उच्चस्तरीय राजनीति संयन्त्रको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा आउन आग्रह गरेको छ । आज बिहान बालुवाटारमा भएको संयन्त्रको बैठकमा रास्वपालाई सरकारमा ल्याउनेबारे छलफल भएको हो ।
सरकारका उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङ्देनका अनुसार रास्वपालाई सरकारमा ल्याउनेबारे छलफल भएको छ ।
रास्वपाका सभापति रवि लामिछानेको नागरिकता अवैध ठहर भएपछि उनले सांसदसहित उपप्रधान तथा गृह मन्त्रालय गुमाएका थिए । पुनः गृह मागे पनि गृहमन्त्रालय दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेपछि रास्वपा सरकारबाट बाहिरिएको थियो ।
त्यस्तै आजको बैठकमा राष्ट्रपतिबारे छलफल हुने बताइए पनि उक्त विषयले बैठकमा प्रवेश नपाएको बताइएको छ ।
Facebook Comments Box