काठमाडौँ – नेपाल चिकित्सक सङ्घले डाक्टरलाई कुटेको विरोधमा आज आकस्मिक सेवा बाहेक सबै अस्पतालहरू बन्द गरेको छ ।
चिकित्सकहरूको आन्दोलनका कारण काठमाडौँ वीर अस्पतालका बिरामीहरू अलपत्रमा परेका छन् ।
शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका समयमा हिडेको भन्दै ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई प्रहरीले लाठीचार्ज गरेको थियो ।
चिकित्सकमाथि हातपात गरेको विरोधमा आज आकस्मिकबाहेक अस्पतालको सबै सेवा ठप्प भएपछि उपचारका लागि अस्पताल आएका बिरामी अलपत्र परेका छन् ।
सरकारले सो घटनामा संलग्न वरिष्ठ उपरीक्षकलाई निलम्बन समेत गरेको छ । तर चिकित्सक सङ्घले भने अझै आन्दोलन फिर्ता लिएको छैन ।
आज बिहानैदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकार र चिकित्सक सङ्घका पदाधिकारीबिच वार्ता भइरहेको छ ।
Facebook Comments Box