धनगढी: सरकारले भोलि जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज (आइतबार) बसेको मन्त्रिपरिषदको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
तत्कालिन नेकपा माओवादीले वि.सं. ०५२ साल फागुन १ गतेबाट जनयुद्ध सुरू गरेको थियो। सोहीअवसर पारेर सरकारले सार्वजनिक बिदा दिने गरेको छ।
माओवादीले सुरु गरेको जनयुद्ध ५ मंसिर ०६३ मा सरकारसँग शान्ति सम्झौता गरेर रोकिएको थियो।
Facebook Comments Box