काठमाडौं : आज बिहानैदेखि काठमाडौंको बालाजु-गोङ्गबु क्षेत्रमा प्रहरीले सरक्षा निगरानी बढाएको छ। यातायात मजदुरहरुले गर्न सक्ने प्रदर्शनलाई मध्यनजर गर्दै प्रहरीले सतर्कता बढाएको हो।
हिजो यातायात मजदुरहरुको प्रदर्शन हिंसात्मक बन्दा बालाजु, माछापोखरी र गोङ्गबु क्षेत्र तनावग्रस्त बनेको थियो। प्रदर्शनकारीहरुले प्रहरी भ्यान जलाउनुका साथै अन्य सवारीसाधन तोडफोड गरेका थिए। यस्तै, नयाँ बसपार्क क्षेत्रमा प्रहरीमाथि ढुंगामुढा हुँदा अश्रु ग्यास प्रहार भएको थियो।
प्रदर्शनकारीहरुले नयाँ बसपार्कमा रहेको ल्होत्से मलमाथि पनि ढुंगामुढा गरेका थिए। उनीहरुले मलका रहेका पसल र सपिङ सेन्टरमा पेसर सामानहरु लुटपाटसमेत गरेका थिए। प्रदर्शनका क्रममा डेढ दर्जन प्रहरी घाइते भएका थिए। पछि प्रहरीले प्रदर्शन र लुटपाटमा संलग्न केहीलाई पक्राउ गरेको थियो।
मजदुर संगठनहरुले पनि आज विरोधस्वरुप सवारीसाधन संचालन नगर्ने घोषणा गरेका छन्। त्यसैले आन्दोलनरत मजदुरहरुले कुनै पनि बेला प्रदेशन गर्न सक्ने आशंका मा बालाजु-गोङ्गबु क्षेत्रमा सुरक्षा सर्तकता बढाइएको हो।
हालयो क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। आदोलनरत पक्षलाई सरकारले वार्ताको लागि आहवान गरिसकेको छ।