काठमाडौं – भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेटेन कोटेश्वर पुगेका छन्।
नेपाल निवासमा आज बिहान भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ।
हिजो बिहान काठमाडौं आइपुगेका क्वात्राले हिजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए।
क्वात्रा काठमाडौं ओर्लिएलगत्तै दुई देशबीच सचिवस्तरीय वार्तासमेत भएको थियो। वार्तामा नेपालले भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई रुट दिन प्रस्ताव गरेको थियो। क्वात्रा आजै फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
Facebook Comments Box