धनगढीः कैलालीको धनगढीमा भन्सार छलीका सामानसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले दुई जनालाई पक्राउ गर्नुका साथै तीनवटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।
प्रहरी चौकी त्रिनगरवाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–२ फनपार्कस्थित भारतबाट भन्सार छली गरेर ल्याएका समानसहित दुई जना पक्राउ परेका हुन्। मोटरसाइकल चालक भारतको लखिमपुर खिरि कृष्णनगर–८ पलियाका २४ वर्षीय अमन गुप्ता र मोटरसाइकल चालक बाजुरा बडिमालिका नगरपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–२ तिलके ताल बस्ने २४ वर्षीय सुरज बोहरा पक्राउ परेका छन्।
बोहराले चलाएको से.३ प ५५११ नम्बरको मोटरसाइकलमा दुई सय चार थान सुट र ५ थान साडीसहित प्रहरीले नियन्त्रणमा लिएको छ। करिब एक लाख ४५ हजार मुल्य बराबरका ती सामग्री प्रहरीले नियन्त्रणमा लिएको हो।
सुदूरपश्चिम प्रदेश ०१०१०प ८१७ नम्बरको मोटरसाइकलको पछाडी तीन थान रिङ पिस्टोन र ट्याक्टरका पार्टपुर्जासहित बेवारिसे अवस्थामा सामान बरामद गरेको छ। झण्डै ६२ हजार मुल्य बराबरका बेवारिसे अबस्थामा सामान फेला पारेर मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।