धनगढीः कैलालीमा लागुऔषधसहित चार जना युवा प्रक्राउ परेका छन्। जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित उनीहरुलाई पक्राउ परेको हो।
धनगढी उपमहानगरपालिका–९ बङ्ग्राकटानबाट अवैध लागूऔषध दुई सय १० मिलिग्राम सहित ३ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–८ बुद्ध चोकका २१ वर्षीया मनिका वुढा, धनगढीगाँउका २६ वर्षीय महेश राना र २० वर्षीय रामलखन राना रहेका छन्।
अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले तीनै जनालाई अवैध लागुऔषधसहित पक्राउ गरेको हो। त्यस्तै जानकी गाउँपालिका–६ जगतपुर घर भई टीकापुर नगरपालिका–१ ब्लक नम्बर १४ बस्ने २४ वर्षीय नुतन कडायत पनि पक्राउ परेका छन्।
उनी अवैध लागूऔषध १ सय मिलिग्रामसहित सोमबार दिउँसो पक्राउ परेका हुन्। ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले नुतनले सञ्चालन गरेको नमस्ते होटलमा बसिरहेको अवस्थामा लागूऔषधसहित फेला परेपछि पक्राउ गरिएको थियो। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।