दार्चुलाः मार्मा गाउँपालिका–३ नलबगडस्थित सडकमा माटो फाल्दा टिप्परको ढालाले नांगो बिजुलीको तार छुँदा आइतबार बिहान करेन्ट लागेर चालकको मृत्यु भएको छ। सहचालक घाइते छन्।
कैलालीको लम्किचुहा नगरपालिकाको चिसापानी बस्ने २३ वर्षीय लिला थापाको उपचारका लागि अस्पताल लग्दै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। उनी टिप्पर चालक हुन्।
मार्मा गाउँपालिका–६ का १९ वर्षीय सहचालक प्रकाश सिंह ठगुन्ना घाइते छन्।
Facebook Comments Box