धनगढी: मेडिकल माफियाका रुपमा परिचित दुर्गा प्रसाईं उर्फ ‘मार्सी’ ले नेकपा एमाले परित्याग गरेका छन्। राजा फर्काउने अभियानमा लागेसँगै एमालेले कारवाही प्रक्रिया थालेपछि उनले त्यसअगावै आज पार्टी छाडेको घोषणा गरेका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीका अत्यन्तै विश्वासपात्र प्रसाईंले केही दिनअघि पूर्वराजा र राजपरिवारका सदस्यहरुलाई झापा लगेर राजतन्त्र फर्काउने महाअभियानको घोषणा गरेका थिए। त्यसपछि उनलाई कारबाही गर्न एमालेको प्रदेश कमिटीले सिफारिस गरेको थियो। तर, पार्टीले कारबाहीको निर्णय नगर्दै आफैँ बाहिरिएका हुन्।
अध्यक्ष ओलीलाई खुसी तुल्याएवापत एमाले प्रवेश गरेलगत्तै केन्द्रीय सदस्यमा फड्को मारेका प्रसाईं गत निर्वाचनमा टिकटको दावेदार थिए। झापाबाट टिकट मागेका उनलाई ‘हजुरबा’ ले वास्ता नगरेपछि ज्ञानेन्द्रको ‘शरण’मा पुगेको एमालेका नेता–कार्यकर्ताको दावी छ।
एमालेका अधिकांश कार्यकर्ताले अध्यक्ष ओलीलाई ‘बा’ सम्बोधन गर्दा मार्सीले भने ‘हजुरबा’ भन्ने गरेका छन्।