काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गतको घरेलु मैदानमा जारी त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध पहिलो बलिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित कुमार पौड्यलले टस जितेर स्कटल्यान्डलाई ब्याटिङको निम्तो दिएका हुन् । नेपाल आजको खेलमा जित निकाल्दै घरेलु मैदानमा भएका यस सिरिजका सबै खेलहरू जित्ने योजनमा छ ।
यसअघिको खेलमा नेपालले स्कटल्यान्डलाई ३ विकेटले हराएको थियो । नेपालले नामिबियाविरुद्धको दुबै खेलहरू जितेको थियो । मंगलबार स्कटल्यान्डलाई हराउन सकेमा नेपालले आफ्नो एकदिवसीय क्रिकेटको इतिहासमा पहिलो पटक लगातार चार खेल जित्नेछ ।
लिग २ मा नेपाल २७ खेलमा २४ अङ्कका साथ छैटौँ स्थानमा छ । स्कटल्यान्ड ३५ खेलमा ५० अङ्कका साथ शीर्ष स्थानमा छ ।
Facebook Comments Box