विराटनगर – प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा प्रहरी जवानको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउने बताएका छन् ।
सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास पछि बोल्दै प्रधानमन्त्री देउवाले दोषीलाई कारबाही गर्ने बताएका हुन् । अपराधमा संलग्नले उन्मुक्ति नपाउने उनले बताए ।
शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो । झडपमा एक महिला प्रहरीको मृत्यु भएको छ ।
आज (सोमबार) विभिन्न कार्यक्रममा सहभागी हुन मोरङ पुगेका प्रधानमन्त्री देउवाले सुन्दरहरैँचा–८, सलकपुरमा प्रशासनिक भवन शिलान्यास गरेका छन् । भवन शिलान्यास अघि देउवाले नगरपालिकाले निर्माण गरेको अस्पताल उद्घाटन गरेका थिए ।
Facebook Comments Box