काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो २६८ ग्राम अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ३८ वर्षीय भारतीय नागरिक शुभम मेहरा रहेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट प्रहरीले आज (सोमबार)पक्राउ गरेको हो ।
मेहराले मलद्वारभित्र लुकाएर बेलनाकार रुपमा बनाइएको अर्धठोस एक किलो २६८ ग्रामको सुन बरामद गरेको प्रहरीले जनाएको छ ।
मेहरालाई बरामद सुनसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले बताए ।
Facebook Comments Box