धनगढीः कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित ब्रम्हदेव बजारमा शिवरात्रीको दिन सशस्त्र प्रहरीका दुई जवानलाई निर्घात कुटपिट गर्ने ६ जना भारतीय नागरिक छुटेका छन्।
प्रहरीका अनुसार ड्युटीमा तैनाथ सशस्त्र प्रहरीलाई ब्रह्मदेव नजिकैको गाउँ उचौलीगोठका रोहित महर, अजय महर, दीपक सिंह, कैलाश सिंह, अशोक सिंह र दीपक महरले कुटपिट गरेका थिए। त्यसपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर मुद्धा दर्ता गरेको थियो।
तर उनीहरु आज जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा जनही तीन तीन हजार रुपैयाँ धरौटी राखेर छुटेका हुन्। मादक पदार्थ सेवन गरी मेला भर्न आएका टनकपुरका ती युवाले सशस्त्र जवानमाथि निर्घात कुटपिट गरेका थिए।
Facebook Comments Box