अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा नं ११ मा रहेको सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापकले विद्यालयमा अध्ययनरत १६ वर्षे विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन्। विद्यालयमा कक्षा ८ मा पढ्ने किशोर रोशन बिकलाई प्रधानाध्यापक रामबहादुर पार्किले कुटेका हुन्। कुटाईबाट घाईते भएका बिकको पद्मा अस्पताल अत्तरियामा उपचार भैरहेको छ।
दुई समुहबिच विद्यालयबाहिमा भएको ग्याङ फाईटका कारण प्रधानाध्यापकले आफूलाई कुटेको विकले बताए। उनले लठ्ठी र ईट्टाले कुटपिट गरिएको बताए। तर यता प्रधानाध्यापक पार्किले भने आफुले विद्यार्थीलाई नकुटेको बताएका छन्। उनले आफुले ग्याङ फाईटको विषयलाई लिएर ति विद्यार्थीलाई सम्झाएको बताए।
Facebook Comments Box