महेन्द्रनगरः दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित चौलानी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ।
बैतडीको डिलासैनी गाउँपालिका–५ देवगाउँ बस्ने ६१ वर्षीय जय बहादुर नाथको बुधबार दिउँसो नदीमा डुबेर मृत्यु भएको हो। उनी गोकुलेश्वर लागेको मेला हेर्न गएका थिए।
ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले नदीमा बगिरहेका नाथलाई उद्दार गरी उपचारको लागि गोकुलेश्वर अस्पतालमा पठाएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको थियो।
Facebook Comments Box