काठमाडौँ – आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत नेपालले मंगलबार पीएनजीको सामना गर्दै छ । यूएईको दुबईस्थित क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ।
यो सिरिजको पहिलो खेलमा नेपालले पीएनजीमाथि संघर्षपूर्ण जित हात पारेको थियो।
सिरिजमा पीएनजीले पनि ३ खेलमा १ मात्र जित हात पारेको छ। उसले पछिल्लो खेलमा यूएईलाई हराएको थियो। लिगमा पीएनजीको यो पहिलो जित थियो।
लिगको पुछारमा रहेको पीएनजीले १५ खेलबाट २ अंक जोडेको छ।नेपालले भने ११ खेलबाट १० अंक हात पारेको छ। लिगको शीर्ष तीन स्थानमा रहने टोलीले सोझै विश्वकप छनोट खेल्न पाउनेछन्।
Facebook Comments Box