धनगढीः बाजुराको एक वडा कार्यालयले विवाह गर्दा स्वीकृति अनिवार्य गरेको छ। जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर १० का स्थानीयले विवाह गर्दा अनिवार्य रुपमा वडा कार्यालयको स्वीकृती लिनुपर्ने भएको हो।
विवाह गर्नकै लागि वडा कार्यालयले मापदण्डसमेत बनाएको छ। यदी कसैले वडा कार्यलयको स्विकृती बिनै विवाह गरेमा वा गरेको पाइएमा वडा कार्यालयबाट प्राप्त हुने जुनसुकै सेवा सुविधाबाट बन्चित गरिने वडा अध्यक्ष दलबहादुर साउँदले बताए।
यद्यपि वडा कार्यालयले बालविवाह न्युनिकरण गर्नका लागी यस्तो कदम चाल्नुपरेको जनाएको छ। वडा कार्यालयले विवाहका लागि स्विकृती नलिई विवाह गरेको पाइएमा सेवा सुविधाबाट बन्चित गराइने पनि जनाइएको छ।
Facebook Comments Box