अस्ट्रेलियाले छैटौं पटक महिला टी२० विश्वकप जितेको छ । केपटाउनमा खेलिएको फाइनल खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १९ रनले हराउन सफल भएको छ ।
अस्ट्रेलियाले पहिला ब्याटिङ गर्दै १५६ बनाएको थियो । प्रतिउत्तरमा दक्षिण अफ्रिकी टीमले २० ओभरमा ६ विकेट गुमाउँदै १३७ रनमात्र बनायो र १९ रनले पराजित भयो ।
दक्षिण अफ्रिकाको तर्फबाट ओपनर लोरा वुलवर्टले उत्कृष्ट ब्याटिङ गर्दै ४८ बलमा ६१ रन बनँइन् । वुलवर्टले आफ्नो अर्धशतक ४३ बलमा पाँच चौका तथा तीन छक्काको सहयोगले पुरा गरेकी थिइन् ।
वुलवर्ट बाहेक ट्रायनले २५ रनको योगदान दिइन् । दक्षिण अफ्रीकी ओपनर ब्रिट्सले १०, कप्तान लुसले ११ रन बनाउ । उनीहरुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यसअघि महिला टी२० विश्वकपको उपाधि जित्नका लागि अस्ट्रेलियाले दक्षिण अफ्रिकाको सामुन्ने १५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । अस्ट्रेलियाको तर्फबाट ओपनर बेथ मूनीले उत्कृष्ट अर्धशतक बनाइन् ।
अस्ट्रेलियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । ओपनर एलिसा हिली तथा बेथ मूनीको जोडीले अस्ट्रेलियालाई तिब्र सुरुवात दिलाए । पाँच ओभरसम्म दुबैले ३६ रन जोडेका थिए, तर यही ओभरको अन्तिम बलमा हिली आउट भइन् । हिलीले २० बलमा १८ रन बनाइन् ।
अस्ट्रेलियाकी बेथ मुनीले ७४ रन बनाइन् । उनले १८ औं ओभरको चौथो बलमा आफ्नो अर्धशतक पुरा गरिन् । उनले ५३ बलमा ७४ रन बनँएर खेलको अन्त्यसम्म आउट भइनन् ।
दक्षिण अफ्रिकाकी शबनीम इस्माइलले खेलको अन्तिम ओभरमा लगातार दुई बलमा दुई विकेट लिइन् । इस्माइलले चार ओभरमा २६ रन दिइन् । मारिजाने कापेले पनि दुई विकेट लिइन् ।
फाइनल खेलमा बेथ मूनीलाई प्लेयर अफ द म्याचको रुपमा पुरस्कृत गरियो । यो प्रतियोगितामा ११० रन तथा १० विकेट लिने अस्ट्रेलियाकी अलराउण्डर ऐश गार्डनरलाई प्लेयर अफ द टूर्नामेन्टको उपाधि प्रदान गरियो ।