धनगढीः कैलालीको त्रिनगर ट्राफिक पोस्टका ईन्चार्ज तथा प्रहरी नायव निरीक्षक (सई) नरिभान साउँदमाथि छानविन गर्न माग गर्दै निवेदन परेको छ। हुलाकमार्फत ‘जनआवाज धनगढी’को नामबाट नेपाल पत्रकार महासंघ कैलाली शाखामा निवेदन परेको हो।
‘जनताको गुनासो र सही छानविन’ लेखिएको निवेदनमा सई साउँदमाथि विभिन्न आरोप लगाउँदै छानविन गरि कारबाही गर्नुपर्ने माग गरिएको छ। सई साउँदले धनगढीस्थित दीपेन्द्र प्रहरी स्कुलको एकाउन्टेन्ट हुँदा भवन निर्माणका क्रममा विभिन्न नक्कली बिलहरु पेश गरि भ्रष्टाचार गरेको, त्रिनगर ट्राफिक पोष्टमा बसेर प्रत्येक टेक्टर, अटोलगायतका गाडीहरुमाथि अत्याधिक ज्यादती गरेको आरोप छ।
यस्तै चितवनमा एकाण्टेन्ट हुँदा पनि उनी भ्रष्टाचार गरि कारबाहीमा परेको र फेरी ट्राफिकको तालिम नगरि ट्राफिक इन्चार्ज पाएको पनि उनीमाथि आरोप छ। भन्सारमा सवारी साधनबाट मासिक रुपमा असुली गर्ने गरेको भन्दै सई साउँदका विगतदेखिका क्रियाकलापलाई ध्यानमा राख्दै छानविन गरि बर्खास्त गर्न निवेदनमा माग गरिएको छ।