धनगढीः प्राइम लाइफ इन्स्योरेन्स धनगढीका शाखा प्रमुख नरेशबहादुर सिंहले जन्मदिनको अवसरमा दृष्टी फाउन्डेशनलाई सहयोग गरेका छन्। आज सिंहले जन्मदिनको अवसरमा फाउन्डेशनमा गएर सहयोग गरेका हुन्।
उनले आज परेको आफ्नो जन्मदिनको अवशर पारी दृष्टी फाउन्डेसनमा आश्रय लिएर बसेकाहरुलाई बिहानको खाना खुवाएको बताए। सामाजिक प्राणीले समाजप्रतीको उत्तरदायित्व निभाउनुपर्छ भन्ने हेतुले सामान्य सहयोग गरेको उनले बताए।
Facebook Comments Box