काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को केन्द्रीय कार्यसमिति विस्तारमा विवाद देखिएको छ ।
आगामी ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि नेविसंघको दुईवटा समूहले त्रिभुवन विश्वविद्यालयमा छुट्टाछुट्टै रुपमा संगठन दर्ता गराएका छन् ।
त्रिभुवन विश्वविद्यालयमा सभापति शेरबहादुर देउवा पक्षका पुरन रोकाया र शेखर कोइराला पक्षका गणेश भण्डारीले नेविसंघ दर्ता गराएका हुन् ।
स्ववियु चुनावका लागि त्रिविले शुक्रबार १० ददेखि ३ बजेसम्म विद्यार्थी संगठन दर्ता गर्ने समय तोकेको थियो ।
Facebook Comments Box