काठमाडौँ – राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् । उनले सोमबार बिहान पशुपतिनाथ मन्दिरमा पुगेर पूजाअर्चना गरेका हुन् ।
पूर्व सभामुख तथा संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङ नेकपा ९एमाले०बाट राष्ट्रपति पदका उम्मेदवार छन् । नेम्वाङले करिब ४० मिनेट पशुपतिनाथमा पूजाअर्चना गरेका हुन् ।
राष्ट्रपतिको निर्वाचन फागुन २५ मा हुँदैछ । प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सदस्यहरूले राष्ट्रपति निर्वाचनमा मतदान गर्नेछन् । उपराष्ट्रपति निर्वाचन चैत ३ मा हुँदैछ ।
राष्ट्रपति पदका लागि एमालेका नेम्वाङसँग काँग्रेसबाट उम्मेदवार बनेका रामचन्द्र पौडेलले प्रतिस्पर्धा गर्दैछन् ।
Facebook Comments Box