काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । गत शनिबार काठमाडौंको शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तला माथिबाट खसेर उपाध्यायको निधन भएको थियो । उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालका भाइ हुन् ।
एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेर प्रधानमन्त्री प्रचण्डले उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । उनले माधव नेपालसहित सम्पूर्ण परिवारजनमा समवेदना पनि प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आज अन्त्येष्टि गर्नुअघि अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीरलाई पार्टी कार्यालयमा राखिएको छ ।
Facebook Comments Box